बाँध मायाले र धूम ३ को तुलनामा इन्टु मिन्टु लण्डनमा को आक्रामक व्यापार

 असोज ७, २०७५ आइतबार १४:१७:१३ | उज्यालो सहकर्मी

काठमाडाैं - शुक्रबार प्रदर्शनमा आएका चलचित्रहरु हुन् इन्टु मिन्टु लण्डनमा, बाँध मायाले र धूम ३ । 

तीन चलचित्रहरुमध्ये रेनशा वान्तवा राइ निर्देशित चलचित्र इन्टु मिन्टु लण्डनमा ले आक्रामक व्यापार गरिरहेको छ । 

प्रेमकथामा आधारित चलचित्र इन्टु मिन्टु लण्डनमा विशेषत युवायुवतीको रोजाइमा परेको छ । चलचित्रलाई साम्राज्ञी र धिरजको क्रेजले पनि फाइदा पुर्याएको देखिन्छ । 

शुक्रबारबाटै व्यापार सुरु गरेको यस चलचित्रले शनिबार अझ आक्रमक व्यापार गर्यो । शुक्रबार करिब ५५ लाख व्यापार गरेको चलचित्रले शनिवार झण्डै दोब्बर पुर्यायो । 

निर्देशक रेनशा वान्तवा राइका अनुसार शनिबारको देश भरिको व्यापार करिब १ करोड बराबर भएको थियो । शनिबार देशैभरका इन्टु मिन्टु लण्डनमा लागेका मल्टिप्लेक्स र सिंगल हल हाउफूल भएका थिए ।

आइतबार भने चलचित्रलाई बन्दको केही प्रभाव परेको बुझिएको छ । चलचित्रको व्यापारलाई लिएर निर्देशक राइ तथा मुख्य कलाकार धिरज, साम्राज्ञी र सारुक पनि उत्साहित छन् । 

२ वर्षदेखिको मेहनतको फल प्राप्तभएको छ, निर्देशक राइले भनिन् ।

निर्देशक राइ चलचित्रका मुख्य ३ कलाकारलाई साथमालिएर उपत्यकाका विभिन्न हलमा पुगेकी थिइन् । कलाकारको साथमै बसेर चलचित्र हेर्न पाउँदा दर्शकहरुले समेत खुशी देखिन्थे ।

बाँध मायाले

यही शुक्रबारबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो बाँध मायाले । 

रिलिजअघि चलचित्रको जति चर्चा थियो, रिलिजपछि भने त्यो कायम हुन सकेन । चलचित्र बाँध मायाले ले भने सामान्य व्यापार गरेको छ । 
सविर श्रेष्ठले निर्देशन गरेको चलचित्र बाँध मायाले इन्टु मिन्टु लण्डनमाकै चेपुवामा परेको छ भन्दा फरक नपर्ला । चलचित्रका गीत संगीतले दर्शकको मन राम्रै जितेको थिायो । 

चलचित्रको मलाइ मुटु हुनु छ तिम्रो बोलको गीतलाइ दर्शकले मन पराएका थिए । चलचित्रमा आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, किसोर खड्कालगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । 

धूम ३

त्यस्तै त्यसै दिनबाट प्रदर्शनमा आएको चलचित्र हो धूम ३ । अन्य २ चलचित्रको तुलनामा प्रचार प्रसारमा पनि पछाडि देखिएको थियो यो चलचित्र । 

तर निर्माण युनिटले भने हल सञ्चालकहरुले आफ्नो चलचित्रलाई वास्ता नगरेको आरोप लगाएका छन् । जयकिसन बस्नेतको निर्देशन, लेखन र निर्माण रहेको चलचित्र ‘धुम ३’ मा अलिना रायमाझी, जयकिसन बस्नेत, प्रज्वल गिरी, लय संग्रौला, सोभित बस्नेत, उत्तम केसी, सुरविर पण्डित, सिम्रन कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया