नागरिकको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउन सांसदहरुको माग

 असोज ७, २०७५ आइतबार १४:३०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सांसदहरुले राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति तय गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा बोल्दै समितिका सदस्यहरुले राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

समितिकी सदस्य पुष्पा भुसाल (गौतम) ले परराष्ट्र सम्बन्धलाई मुलुकको हितमा केन्द्रित गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले समितिले पनि मुुलुकलाई समृद्ध बनाउने गरी परराष्ट्र नीति बनाउन आवश्यक निर्देशन सरकारलाई दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

समितिका अर्का सदस्य भीम रावलले राष्ट्रको सर्वोत्तम हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्ध विकास गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो । उहाँले समितिले परराष्ट्र नीतिलाई राष्ट्रको हितमा केन्द्रित गर्न सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने पनि स्मरण गराउनुभयो ।
बैठकमा समितिका नवनिर्वाचित सभापति पवित्रा निरौला (खरेल) ले मुलुकको समृद्धिको मूल आधारको रुपमा विकास गर्ने गरी परराष्ट्र सम्बन्ध विकासका लागि सरकारलाई आवश्यक निर्देशन दिन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।  

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया