कतारी रियाल र दिनार आइतबारकै भाउमा साट्न सकिने, रिंगिट र वन थोरै बढ्यो

 असोज ८, २०७५ सोमबार १०:३२:५५ | उज्यालो सहकर्मी

काठमाडौं –  सोमबार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको मूल्य केही थपघट भएको छ । 

नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७३ पैसा र बिक्रिदर ३० रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६५ र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ३७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रिदर २८ रुपैयाँ ०४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३३ र बिक्रिदर १० रुपैयाँ ३९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ८१ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ५ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३ सय ७ रुपैयाँ १७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया