बस र ट्रक ठोक्किँदा २ को मृत्यु, ३२ घाइते

 असोज १३, २०७५ शनिबार ६:१६:५९ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोती –१६, मा शनिबार बिहान साढे ३ बजे  बस र ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् । 

घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।  नेपालगंजबाट काठमाडौंका लागि छुटेको ना ७ ख ५६ २९ नम्बरको बस विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ७७१९ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि बस चालक बाँके कोहलपुर नगरपालिका ४ बस्ने २३ वर्षका सुरज विक र  कपिलवस्तुकाे वाणगंगा नगरपालिका -२ बस्ने २४ वर्षका लक्ष्मण थारुको ज्यान गएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका ११ जनाको भरतपुरमा, ४ जनाको मध्यविन्दु अस्पताल डण्डा र १७ जनाको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ । 

दुर्घटनास्थलमा अहिले एकतर्फी रुपमा यातायात संचालनमा रहेको छ ।  घाइतेहरुको विवरण आउन बाँकी रहेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया