ताैल नघटेर चिन्तित हुनुहुन्छ? जापानले बनायाे शरीरकाे मोटोपन घटाउने जुत्ता

 असोज १४, २०७५ आइतबार १६:२८:१७ | एजेन्सी
unn.prixa.net

माेटाेपन अाजभाेलि संसारभरी नै राेग तथा चिन्ताकाे कारण बनिरहेकाे छ । मानिसहरु स्वस्थ रहन र ताैल घटाउन विभिन्न व्यायाम, अाैषधि तथा खानपानमा परहेज गर्छन् तर पनि चाहेजस्ताे नतिजा देखि‌दैन ।

यसै चिन्ताकाे समाधानका लागि जपानले हालै एक विशेष प्रकारको जुत्ता निर्माण गरेको छ जसले मोटो मानिसहरुको तौल घटाउने बताइएकाे छ ।

यो जुत्ताको वजन १२०० देखि १४०० ग्रामसम्म हुन आउँछ । यो सामान्य जुत्ताको तुलनामा कम्तीमा पनि ३ देखि ७ गुना वजन हो । सामान्य जुत्ताको वजन २०० देखि ४०० ग्राम आसपास हुन्छ ।

कम्पनीले यो विशेष जुत्ताको वजन बढाउन विशेष प्रकारको सोलको प्रयोग गरिएको छ ।सोलमा एक सयभन्दा बढी साना साना फलामका गुच्चा जडिएको छ । यस्ता सामग्री प्रयोग गरिएको भए पनि यो जुत्ता लगाउँदा सहज र छरितो महसुस हुने तरिकाले डिजाइन गरिएको छ ।

विशेष प्रकारको र विश्वभरी फैलिएको मोटोपनको समाधान गर्ने हिसाबले बनाइएको जुत्ता भएकाले यसको परीक्षण गर्न वैज्ञानिकहरुको सहायता लिएको थियो । 
परीक्षणबाट यो जुत्ताको प्रयोगले शरीरको बोसो त घटाउने बाहेक हड्डीसमेत मजबुत बनाउने तथ्य पत्ता लागेको छ । 

यो जुत्ता लगाएर मर्निङ वाक र व्यायाम गर्दा अन्य तरिकाले भन्दा २५ प्रतिशत छिटो शरीरको तौल घट्ने परीक्षणमा संलग्न वैज्ञानिकहरुको भनाई छ ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया