कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
काठमाडौं, वैशाख २२ – काठमाडौंको राष्ट्रिय सभागृह मर्मत तथा सरसफाईको काम चलिरहेको छ ।
आउँदो शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्न लागेकाले भवन सफाई तथा मर्मतको काम चलिरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
आउँदो शुक्रबार दुईदिने भ्रमणको लागि नेपाल आउन लागेका मोदी जनकपुरबाट मुस्ताङ गएर त्यही दिन बेलुकी काठमाडौं आउने तय भएको छ । काठमाडौंमा मोदीलाई महानगरपालिकाले नागरिक अभिनन्दन गर्न लागेको हो ।
अभिनन्दनको क्रममा महानगरले नगरको कलात्मक साँचो हस्तान्तरण गर्ने र महानगरबासीको तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम रहेको महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मोदीको नागरिक अभिनन्दनकै लागि भनेर एकदुई दिन अघिदेखि सभागृह मर्मत तथा सफाईको काम चलिरहेको हो । आउँदो मंगलबारसम्ममा सभागृहमा रंगरोगन गर्ने, फूल रोप्ने, भत्किएको ठाउँ टाल्ने लगायतका सबै काम गरिसक्ने महानगरको योजना छ ।
यसअघि २०७१ को मंसिरमा भएको सार्क सम्मेलनको बेलामा स्तरीकरण गरिएको राष्ट्रिय सभागृहलाई गएको वर्ष कात्तिकमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने बेलामा पनि सिंगारिएको थियो ।
विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुख आउँदा महानगरले अभिनन्दन गर्ने परम्परा नै छ । मोदीलाई जनकपुरमा पनि नागरिक अभिनन्दन गरिनेछ ।