विवाहको तयारीका लागि प्रियंका र निक राजस्थानमा

 असोज १७, २०७५ बुधबार ९:५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस पछिल्लो समय प्रेम सम्बन्धका कारण चर्चामा छाइरहेका छन् । केही समय अघि इन्गेजमेन्ट गरेको यो जोडी विवाहका कारण चर्चामा छाइरहेको छ । 

प्रियंकाका प्रेमी यतिबेला प्रियंको घर भारत आएका छन् । प्रियंका र निक आफ्नो विवाहको तयारीमा लागेका छन् । यो जोडीको विवाह भारतको राजस्थानमा आयोजना गर्ने तयारीमा लागेको छ । मंगलबार प्रियंका र निक प्राइभेट जेटमा मुम्बईबाट राजस्थानको जोधपुर गएका छन् ।

प्रियंका आफ्नो विवाह जोधपुरको भव्य उम्मेद भवन प्यालेस र मेहरानगढ फोर्टमा गर्ने योजना बनाइरहेकी छिन् । विवाहको योजना र व्यवस्थापन गर्नका लागि प्रियंका प्रेमी निक जोनसकासाथ मंगलबार जोधपुर पुगेकी हुन् । 

प्रियंका र निक दुवैले राजस्थानको उम्मेद भवन प्यालेस र मेहरान फोर्टको अवलोकन गरेका छन् भने व्यवस्थान टिमका साथ विवाहको कार्यक्रम र पाहुनाहरुको  विषयमा छलफल गरेका छन् । प्रियंका र निक छिट्टै नै विवाहको मितिको टुंगो लगाउने छन् । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया