करिश्मा कपूरको जीवनमा बहिनी करीनाभन्दा पनि विशेष छन् सलमान खान

 बैशाख २२, २०७५ शनिबार १०:०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

वैशाख २२ – पछिल्लो समयमा फिल्मी पर्दाबाट टाढा रहेकी अभिनेत्री करिश्मा कपूर सामाजिक सञ्जालमा भने सक्रिय छिन् । 

धेरैजसो समय बहिनी करीना कपूर खानका साथ त कहिले अमृता अरोरा तथा मलाइका अरोराका साथ देखा पर्ने करिश्मा कपूरले एक खुलाशा गरेकी छिन् । करिश्माले एक टेिलभिजन कार्यक्रममा बहिनी करीनाको तुलनामा अभिनेता सलमान खान आफ्नो जिन्दगीमा विशेष रहेको बताएकी छिन् । 

करिश्मा कपूर र सलमान खानको जोडी १९९० को दशमा निकै रुचाइएको जोडी थियो । बलिउडमा यो जोडीले अभिनय गरेका धेरै फिल्म हिट भएका छन् । फिल्म ‘बिबी नम्बर वान’, ‘जुडवा’, ‘अन्दाज अपना अपना’, ‘जित’, ‘दुल्हन हम लेजाएंगे’ लगायतका फिल्म हिट भएका थिए । करिश्माले सलमान र आफूबीचको सम्बन्धको कुरा गर्ने क्रममा सलमान उनकी बहिनी करीना भन्दा पनि नजिक रहेको बताएकी छिन् । 

करिश्माले भनेकी छिन् कि सलमानका लागि करीना बहिनी समान छिन् तसर्थ उनी करिनालाई बच्चाको नजरबाट नै हेर्ने गर्छन । सलमान र करिश्माले मात्रै नभई करीनाले पनि सलमानका साथ बजरंगी भाइजान, क्योंकी, बडिगार्डमा जोडीको रुपमा स्क्रीन शेयर गरिसकेकी छिन् ।

फिल्म बडिगार्डमा करीना सलमानका साथ मूख्य भूमिकामा काम गरेकी थिइन् भने त्यसै फिल्मको छाँया पात्रको आवाज करिश्मा आफूले दिएको पनि बताएकी छिन् । त्यो फिल्ममा सलमानलाई फोनमार्फत सताउने आवाज करिश्मा आफूले दिएको भनेकी छिन् । 

अभिनेत्री करिश्मा कपूरको पछिल्लो फिल्म ‘डेन्जरस इश्क’ थियो । सन् २०१२ मा प्रदर्शन भएको यो फिल्म बक्स अफिसमा सफल हुन सकेको थिएन । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • सानू बाबु नराल

    June 29, 2018, 10:37 p.m.

    डेरी राम्रो tapaiko sapdahar malai man derai parchha aaune dinma ma tapaiko sahayogi hun man parxa dannebat..

  •  0 Reply

तपाईको प्रतिक्रिया