भारतलार्इ हराउँदै नेपाल साफ यू-१८ महिला च्याम्पियनसिपकाे फाइनलमा

 असोज १९, २०७५ शुक्रबार १९:९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  

सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा २-१ ले हराएर नेपाल उपाधि नजिक पुगेको हो ।

थिम्पुकाे चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा नेपालका लागि अन्जना रानामगर र रेखा पौडेलले गोल गरेका  थिए, भने  भारतकी टुडु जवामानीले मात्र पेनाल्टीमा गोल गर्न सकेकी थिइन् ।

यसअघि रश्मी कुमारी घिसिङको गोलबाट नेपालले सुरुवाती अग्रता बनाएको थियो । घिसिङले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्  । तर, भारतकी समिक्षाले ६३ औं मिनेटमा हेडबाट गोल गर्दै खेल बराबरी गरेको थियो ।

नेपालले फाइनलमा बंगलादेश र भुटानबीचको विजेतासंग खेल्नेछ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया