ट्वीटर छोड्छु भनेपछि ट्रोलको शिकार भइन् सोनम कपूर

 असोज २१, २०७५ आइतबार १३:२९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री सोनम कपूरले शनिबार बिहान ट्वीटर छोड्न लागेको खबरले आफ्ना फ्यानहरुलाई आश्चर्यमा पारेकी थिइन् । उनले यो जानकारी दिए लगत्तै सोनम कपूर ट्वीटरमा ट्रोल भइरहेकी छिन् । सोनम यसरी ट्रोल भएको घटना यो पहिलो पटक भने होइन । उनी बेला बेलामा उनले दिएका बयानहरुका कारण ट्रोल हुँदै आइरहेकी छिन् । 

सोनमले ट्वीट गर्दै लेखेकी छिन् ‘म केही समयका लागि ट्वीटर छोड्दैछु । यहाँ धेरै नकारात्मक कुरा भइरहेका छन् । सबैलाई धेरै माया ।’

सोनमले यो ट्वीट गरेसँगै केहीले दुखी भए भने केहीले उनलाई ट्रोल गर्न सुरु गरे । सोनम कपूरको यस ट्वीटलाई एकता कपूरले समर्थन गरेपछि उनलाइसमेत ट्रोलर्सले निशाना बनाएका थिए । 

सोनमको यस ट्वीटको रिप्लाइमा एक जनाले लेखेका छन् ‘दीदी कहिलेकाँही होली, दिपावली मा आउदै गर्नु । सिधा र सादा व्यक्तिहरुसँग भेट्न पाउदा खुशी लाग्छ ।’ त्यसैगरी अर्काले लेखेका छन् ‘म त भन्छु अब फर्केरै नआनु ।’ 

सोनम कपूरले ट्वीटर छोड्ने भन्दै ट्वीट गर्नुको कारण हो की उनले केही दिन अघि ‘मुम्बईको बढ्दो प्रदुषणको बारेमा ट्वीट गरेकी थिइन । त्यस बेला पनि उनलाई अबदेखि सार्वजनिक गाडीमा यात्रा गर्नु भन्दै ट्रोल गरिएको थियो । सोनमले ति ट्रोलरलाई जवाफमा भनेकी थिइन् की ‘तिमीहरु जस्तो व्यक्तिका कारण महिलाहरु सार्वजनिक गाडीमा यात्रा गर्न डराउछन ।’ 

खबरहरुका अनुसार सोनम कपूरले यूट्यूब च्यानल एआइबीका कमेडियन उत्सव चक्रवर्तीको समर्थन गरेको ओरोप पनि लागेको छ । उत्सव चक्रवर्तीलाई नाबालक यूवतिहरुले यौन शोषण गरेको आरोप लगाएका छन् । तर सोनमले तिनै आरोपीलाई समर्थन गरेका कारण पनि ट्रोलर्सले ट्रोल गरिरहेका छन् । 
 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया