एन्फामा गणेश थापा युगको अन्त्य, अध्यक्षमा कर्मा छिरिङ विजयी

 बैशाख २२, २०७५ शनिबार १८:४७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, वैशाख २२ – अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा कर्मा छिरिङ शेर्पा वियजी हुनुभएको छ ।

शनिबार ललितपुरमा भएको चुनावबाट उहाँ प्रतिस्पर्धी मणी कुँवरलाई ५१ मतले हराउँदै अध्यक्षमा विजयी हुनुभएको हो । शेर्पाले ६३ र कुँवरले १२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

कर्मा समुहले अध्यक्ष सहित ४ उपाध्यक्ष र १२ जनै केन्द्रिय सदस्य जितेको छ । यो नतिजासंगै नेपाली फुटवलमा गणेश थापा युगको अन्त्य भएको छ । शेर्पा लामो समयदेखि एन्फा शुद्धिकरणको अभियान चलाइरहेका एन्फाकै पुर्व पदाधिकारी हुनुहुन्छ ।

एन्फाको उपाध्यक्षमा कर्मा समुहकै पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णवहादुर थापा र वीरबहादुर खड्का विजयी भएका छन् । नेम्वाङले ६१  सिहंले ५८  थापाले ५२ र खडकाले ३९ मत पाएको निर्वाचन समितिले जनाएको छ । ४ जना उपाध्यक्षका लागि ९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

यस्तै, नयाँ कार्यसमितिको सदस्यमा दावा लामा ९५६०  दिनेश ब्यन्जनकार ९५५० दीर्घबहादुर केसी ९५५०, पूर्णमान चित्रकार ९५५०, बिजय घले, ९५३० निरोज खड्की ९५२०,  किरण राइ ९५००,  मधुसूदन उपाध्याय ९४८०, प्रदेशसिंह राठोर ९४८०, रत्नकुमार श्रेष्ठ ९४८ ०  रबिन्द्रनाथ श्रेष्ठ ९४२०  विजयी भएका छज् । ११ जनाको लागी २९ जना उम्मेद्वार थिए ।

महिला सदस्यमा यसअघि नै पेम्बा लामा निर्बिरोध निर्वाचित हुनुभएको थियो । 

यी

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया