टि- ट्वाण्टी छनौट: नेपालले लियाे सिंगापुरकाे छैठाैं विकेट

 असोज २६, २०७५ शुक्रबार १३:४५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

मलेसियाको क्वालालम्पुरमा जारी आईसीसी विश्वकप एसिया क्षेत्र छनौटमा सिंगापुरले छैठाैं विकेट गुमाएकाे छ ।

खेलकाे १४ अाैं अाेभरकाे पहिलाे बलमा ललित राजवंशीले जनक प्रकाशलार्इ पेभेलियनकाे बाटाे देखाएका हुन् । उनले ३ बलकाे सामना गर्दै १ रनमात्र बनाएका थिए ।

यसअघि १३ अाै‌ अाेभरकाे चाैथाे बलमा सन्दीप लामिछानेले  सिंगापुरका मनप्रीत सिंहलार्इ व्यक्तिगत १० बिनाेद भण्डारीकाे हातबाट क्याच अाउट गराएका  थिए ।

यसअघि वर्षाका कारण खेल केही समय रोकिएको  थियाे ।

नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङ गरेको सिंगापुरले खेल रोकिनुअघि ९ ओभरको खेल सकिँदासम्म ३ विकेट गुमाउँदै ४८ रन बनाएको थियाे ।

यतिखेर १५ अाेभरकाे समाप्तिमा सिंगापुर ६ विकेट गुमाउँदै ७६ रन बनाएर खेलिरहेकाे छ ।

बलिङतर्फ सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिएका छन् भने र वसन्त रेग्मी र  ललित राजवंशीले समान १-१ विकेट लिएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया