अनाथालयलाई नेपाल बैंकको तीन लाख सहयोग

 असोज २८, २०७५ आइतबार १९:१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल बैंक लिमिटेडले ललितपुरको धापाखेलमा सञ्चालित नवकिरण अनाथ असहाय बाल उत्थान समाजलाई आर्थिक सहयोग गरेको छ । 

बैंकको संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत दसैँको अवसर पारि बाल उत्थानलाई तीन लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । 

अनाथ समाजद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमकाबीच बैंक सञ्चालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले बाल उत्थान समाजका संरक्षक साईमाता सावित्री पोखरेललाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । 

अनाथ बालबालिकाहरु सेवामा सहयोग गर्न पाएकोमा अध्यक्ष आचार्यले खुशी व्यक्त गर्नुभयो ।    
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया