माटोको ढिस्कोमा पुरिएर मामाघर आएकी बालिकाको ज्यान गयो

 कात्तिक १, २०७५ बिहिबार १७:१९:२७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - धनुषामा माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा धनुषाधाम नगरपालिका-९, धारापानी बस्ने रामअवध यादवकी १० वर्षकी छोरी सृजना कुमारी यादव छिन् ।

बालिका धारापानीबाट मामाघर धनुषाधाम नगरपालिका ४ लक्ष्मीपुर मामा घर आएकी थिइन् । बिहीबार बिहान दीपावलीको तयारीको लागि माटो लिन साथीहरुसँग गएको बेला माथिबाट खसेको माटोको ढिस्कोमा परि उनकाे ज्यान गएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

माटोको ढिस्कोमा परि स्थानीय रन्जिता पन्डित पनि समान्य घाइते भएकी र उनको धनुषाधाममा उपचार भइरहेको दाहालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया