जाेसे माेउरिन्हाेलार्इ म्यानचेष्टर युनाइटेडले बर्खास्त गर्ने चर्चा: हल्लामात्रै हाेला या यथार्थ नै?

 कात्तिक २, २०७५ शुक्रबार १७:८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

खराब प्रदर्शनकाे अालाेचना खेपिरहेका म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होलाई क्लबले बर्खास्त गर्ने हल्लाहरु बाहिर आइरहेका छन् ।

स्थानीय अखबार अनुसार गएको अक्टोबर ६ तारिखमा न्युक्यासलविरुद्धको खेलमा राम्रो नतिजा ल्याए पनि उनले क्लबसंगको सम्झौता तोड्नुपर्ने भएको हो ।

२ शून्यले पछि परिसकेको अवस्थामा ढीलै भए पनि लयमा फर्केर न्युक्यासलविरुद्ध म्यानचेष्टर युनाइटेडले ३ – २ को जित हात पारेको थियो । यति हुँदाहुँदै पनि समर्थकहरु उनी क्लबमै बस्नुपर्छ वा बाहिरिनुपर्छ भन्नेमा दुइ भागमा बाँडिएका छन् । 

तथापि, मोउरिन्होले भने आफूमाथि हुँदै गरेको षड्यन्त्रको सामना गर्ने बताउँदै क्लबसँगको आफ्नो सम्झौता सन् २०२० सम्म भएको भन्दै बचाउ पनि गरेका छन् ।

आउने हप्ता मोउरिन्होको भिडन्त आफ्नै पुरानो क्लब चेल्सीसँग हुँदैछ । यसको नतिजाले पनि उनको क्लबमा कायमै रहने वा बाहिरिने भन्ने कुरा अझ स्पष्ट हुनेछ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया