रामेछापमा जीप दुर्घटना : २ जनाको मृत्यु, ७ जना घाइते

 कात्तिक ३, २०७५ शनिबार २०:२:५२ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – दसैंको टिका लगाएर मन्थली नगरपालिका वडा नं ४ सालुको कुकुरकाटे भञ्ज्याङ्गबाट रामेछाप नगरपालिका वडा नं १ गोठगाउँतर्फ जाँदै गरेको ना १ ज ४८१२ नम्बरको बोलेरो जीप रामेछाप नगरपालिका वडा नं २ को गोगनेभिरमा शनिबार साँझ दुर्घटना हुँदा जीपमा सवार २ जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

ज्यान जानेमा रामेछाप नगरपालिका वडा नं १ बस्ने ४० वर्षीय दुर्गाबहादुर कार्की र ६० वर्षीया ललीमाया कार्की रहेका छन् । उनीहरु आमाछोरा हुन् ।  गाडीमा सवार अन्य ७ जनालाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि मन्थलीतर्फ लैजान लागिएको छ । उनीहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । 

जीपमा ९ जना यात्रु सवार थिए। घटनाको जानकारी पाएसँगै मन्थलीबाट प्रहरी निरीक्षक शेख अदालतको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया