नुहाउने क्रममा नारायणी नदीमा बेपत्ता

 कात्तिक ६, २०७५ मंगलबार १७:४२:४५ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नारायणी नदीमा नुहाउने क्रममा मंगलबार बिहान एक जना बेपत्ता भएका छन् ।

नवलपरासी मध्यविन्दु नगरपालिका-३, बस्ने  ८७ वर्षीय उमाकान्त पौडेल नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता हुनभएको प्रहरीले जनाएको छ ।

बिहान नुहाउन नदीमा गएका बेला डुबेर बेपत्ता भएका पौडेलको स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा खोजी कार्य जारी रहेको प्रहरी चौकी कोल्हुवाले जनाएको छ ।

नदीमा बेपत्ता पौडेलकाे अवस्था अझै अज्ञात छ।

अन्तिम अपडेट: चैत २९, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया