धान झार्ने क्रममा मेसिनमा परेर महिलाको ज्यान गयाे

 कात्तिक ७, २०७५ बुधबार १७:६:९ | निर्मला खडायत
unn.prixa.net

कैलाली - कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–६, लालपुरमा धान थ्रेसिङ गर्दै गर्दा चिप्लिएर मेसिनमा छिरेपछि एक महिलाको मृत्यु भएको छ ।

स्थानीय खेउटे कामीको धान थ्रेसिङ गर्न घरमै पुगेको थ्रेसर मेसिनमा धानका बाला हाल्दै गर्दा उहाँकी ५५ वर्षीया पत्नी चम्पा कामीको थ्रेसर मसिनले काटिएर बुधबार दिउँसो ज्यान गएकाे हाे ।

थ्रेसर (धान झार्ने मेसिन) मा चढेर धानका बाला हाल्दै गर्दा चिप्लिएर मेसिनभित्र छिर्दा उहाFको मृत्यु भएको हो ।

से १ त ५९८३ नम्बरको ट्याक्टरमा जाेडिएङ्काे थ्रेसर (धान झार्ने मेसिन) मा परेपछि उहाँको मृत्यु भएको हो ।

मेसिनभित्र चिप्लिएर छिर्दा कामीको टाउको र शरीर अलग अलग भएको स्थानीय प्रत्यक्षदर्शी हेम नागरीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २३, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया