गुल्मीमा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गयो, १६ घाइते

 कात्तिक ७, २०७५ बुधबार १९:४३:१८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा बुधवार भएको जीप दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने अन्य १६ जना घाइते भएका छन् । 

ज्यान जानेमा इस्मा गाउँपालिका–२, पालुखाका १५ वर्षीय विमल केसी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

बुधवार बेलुकीपख सदरमुकाम तम्घासबाट इस्मा गाउँपालिकाको हस्तिचौरतर्फ जाँदै गरेको लु १ च ७३७० नम्बरको जीप इस्मा गाउँपालिका–२ को पालुखामा दुर्घटना भएको हो । 

दुर्घटनामा परि गम्भीर घाइते भएका जीप चालक प्रेम जिसीसहित २ जनालाई थप उपचारका लागि लुम्बिनि मेडिकल कलेज पाल्पामा पठाइएको छ । 
अन्य घाइतेहरुको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।  दुर्घटनामा घाइते भएका केसीको उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले बताएको छ । 

दुर्घटनाका घाइतेमध्ये अधिकाश कोजाग्रत पुर्णिमामा रेसुंगा नगरपालिका ४ अन्र्तगत जोगिथुम मन्दिरमा सरायँ नाँच हेरेर घर फर्कने बच्चादेखि वृद्धवृद्धाहरुसम्म रहेका छन् । 

उकालो सडक र क्षमताभन्दा वढी यात्रुहरु भएका कारण दुर्घटना भएको बताइएको छ । जीप सडकवाट ६० मिटर तल खेतमा खसेको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया