दोलखामा आगलागीमा परेर हजुरआमा र नातिको मृत्यु

 कात्तिक ९, २०७५ शुक्रबार ९:८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

दोलखा – गौरीशंकर गाउँपालिकामा आगलागीमा परेर हजुरआमा र नातिको ज्यान गएको छ । 

गौरीशंकर गाउँपालिका ९ मा रहेको टासिनाम शेर्पा गाउँका गोपाल शेर्पाको घरमा आगो लाग्दा उहाँकी ८० वर्षकी आमा डालकी र १२ वर्षका छोरा मिङमा शेर्पाको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।

राति साढे २ बजेतिर लागेको आगोमा परेर शेर्पाका १५ वर्षका अर्का छोरा फूर्साङ घाइते भएका छन् । फूर्साङलाई उपचारका लागि चरिकोट पठाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया