लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
अर्घाखाँची – स्वर्गीय राजा वीरेन्द्रको आत्माले शान्ति नपाएको भन्दै अर्घाखाँचीमा एक महिलाले पूजाको तयारी गरेकी छिन् ।
सन्धिखर्क नगरपालिका १२ लहरेबाँध निवासी ५१ वर्षीया छमकला श्रेष्ठले सपनामा राजा वीरेन्द्र रुँदै आएको र भगवानले पूजा गर्न भनेकाले त्यसैअनुसार पूजा गर्न लागेको बताउनुभयो ।
पूजाको लागि रेखी, प्रसाद, जौ, तिल, कुस, टपरी, कपडा, दियो, कलश, बत्ती , चकटी, चामल, महाप्रसाद, घिउ, तेल, हवन सामग्री सबै तयार भएको पनि उहाँको भनाई छ । स्वर्गीय राजा वीरेन्द्रको जहाँ हत्या भएको थियो, त्यही ठाउँमा गएर पूजा लगाउनु पर्ने भएकाले यसमा सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
‘एक वर्ष लगाएर सामग्री तयार पारें । सामग्री तयार पार्दा कसैलाई नभन्नु भनेकोले भनिनँ । अब भन्न सक्छौ भनेपछि सहयोग गर्न आग्रह गरेको हो’ उहाँले भन्नुभयो ।
सूर्य भगवानले भनेअनुसार सात हातको २१ सय २१ सराको बत्ती बनाएको र त्यो बत्ती कात्तिक औंसीमा बाल्न सकेमा राम्रो हुने देवताले बताएको पनि उहाँको भनाई छ ।
स्वर्गीय राजा त्रिभुवनले सपनामा झाँक्रीलाई पाठो, देवीलाई फरहरा, राजगद्धीको सत्यता हरायो,, भत्कियो धरहरा भनेर गीत समेत गाउने गरेको श्रेष्ठले बताउनुभयो ।
उहाँले कपालमा जटा बनाउनुभएको छ । नुहाउनु पनि भएको छैन । भगवानले नै नुहाउन नहुने भएकाले यसै गरेको उहाँको भनाई छ ।