नगर गतिविधि अब मोबाइलबाटै

 कात्तिक ११, २०७५ आइतबार १८:५२:५७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – मुसिकोट नगरपालिकाले गर्ने गतिविधि र सेवा प्रवाह मोबाइलमा हेर्न सकिने भएको छ ।

नगरपालिले जिल्लामै पहिलो पटक मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएसँगै उक्त सुविधा आएको हो । नगरपालिकामा भए–गरेका सम्पूर्ण गतिविधि र सेवा प्रवाह सम्बन्धी जानकारी नागरिकलाई गराउने उद्देश्यले नगरपालिकाले ‘मुसिकोट नगरपालिका’ नामको मोबाइल एप तयार गरेको नगर प्रमुख देविलाल गौतमले बताउनुभयो ।

एकपटक अपडेट गरेपछि यस मोबाइल एपबाट इमेल इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको बेला पनि सेवाग्राहीले सम्पूर्ण सेवा तथा गतिविधिकाबारे जानकारी लिन सक्ने छन् । मोबाइल एप नेपाल सरकार, सूचना तथा सञ्चार विभाग र एलजीसीडीपीको साझेदारीमा निर्माण गरिएको नगरपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया