पीपीएल : विराटनगरकाे लगातार तेस्राे हार

 कात्तिक १२, २०७५ सोमबार १२:४८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

पोखरा प्रिमियर लिग अन्तर्गत साेमबारको पहिलो खेलमा विराटनगरले लगातार तेस्रो हार ब्यहोरेको छ ।

आज भएको खेलमा काठमाडौंसंग ५ विकेटले पराजित भएपछि विरानगरको प्लेअफमा पुग्ने संभावना कठिन भएको छ । पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा सात विकेट गुमाउदै एक सय ४९ रन बनायो । बलियो सुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो ।

तर सुनिल धमला ब्यक्तिगत ३० रनमा आउट भएपछि विराटनगरले पहिलो विकेट गुमायो । त्यसको लगत्तै विदेशी खेलाडी एन्र्डु सुबिक्सन मात्र चार रनमा आउट भएपछि विराटनगरले ६९ रनमा दोस्रो विकेट गुमायो । विराटनगरका लागि मुहम्मद जेइद आलमले ६७ रन बनाए ।

उनले ४७ बलमा सात चौका र चार छक्का प्रहार गरे । तर पुष्प थापा एक र प्रदिप ऐरी नौ रनमा आउट भएपछि बिराटनगरले एक सय ३७ रनमा ५ विकेट गुमायो । यस्तै राजेश पुलामी ३० रनमा आउट भएपछि विराटनगरले एक सय ४७ रनमा सात ६ विकेट गुमायो ।

लगत्तै राजु रिजाल मात्र एक रनमा आउट भए । बलिङतर्फ काठमाडौ बसन्त रेग्मी, सुसान भारीले दुई दुई विकेट लिए । जवाफमा काठमाडौंले १९ ओभर दुई बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍याे । लगातार दोस्रो जित निकाल्ने क्रममा काठमाडौका लागि गौरव तोमरले अर्धसतकीय पारी खेले । पहिलो खेलमा पनि सतक बनाउनबाट चुकेका तोमरले आज पनि ६६ रन बनाए । उनले ४६ बलमा ६ चौका र तीन छक्का प्रहार गरे ।

यस्तै अमित श्रेष्ठलले ३५ रन बनाए । सुरुवात भने राम्रो गर्न नसकेको काठमाडौंले १४ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर जयकिशन कोल्सावाल मात्र ६ रनमा आउट भए । दोस्रो विकेटका लागि अमित र तोमरले ६२ रनको साझेदारी गर्दै पारी सम्हाले ।

तर अमीत आउट पछि पनि काठमाडौले ७६ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसका लगत्तै नरेश बुढाऐर पनि आउट हुन पुगे । उनले खाता खोल्न सकेनन । कप्तान ज्ञानेन्द्र मल्ल १७ रनमा पेभेलियन फर्किदा काठमाडौले ११६ रनमा चौथो विकेट गुमायो । बलिङतर्फ साहव आलमले दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया