सर्पले टोकेर एकजनाकाे मृत्यु

 कात्तिक १३, २०७५ मंगलबार ७:३२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – बुटवलमा सर्पले टोकेर एकजना महिलाको मृत्यु भएको छ । बुटवल १६ सेमलार डरगाउँकी ५० वर्षीय शारदा ज्ञवालीको सर्पले टोकेर मृत्यु भएको हो ।

गोठमा काम गर्ने क्रममा सर्पले टोकेपछि उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ल्याइएको थियो ।  उपचारको क्रममा ज्ञवालीको मृत्यु भएको अस्पतालले बताएको छ ।

तर आफन्तहले उपचारमा अस्पतालले लापरवाही गरेका कारण बिरामीको मृत्यु भएको दाबी गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया