वेष्ट इण्डिजविरुद्ध भारतकाे फराकिलाे जित

 कात्तिक १३, २०७५ मंगलबार ८:४०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

वेष्ट इण्डिजविरुद्धको चौथो एक दिवसीय खेलमा भारत विजयी भएको छ । पाहुना टोली इण्डिजलाई २२४ रनको भारी अन्तरले हराउँदै भारतले पाँच खेलको श्रृङ्खलामा २–१ को अग्रता लिएको छ ।

टस जितेर ब्याटिङ गरेको भारतका दुई खेलाडीले शतक बनाउँदा यस अघि लगातार तीन वटा सेन्चुरी बनाएका विराट कोहली भने सस्तैमा आउट भए । ओपनर रोहित शर्माले १६२ र अम्बाती रायाडुले १०० रनको शतकीय पारी खेलेपछि भारतले पाँच विकेटको क्षतिमा ३७७ रनको विशाल योगफल तयार पारेको थियो ।

बाउण्ड्रीको वर्षा भएको खेलमा रोहितले २० चौका र चार छक्का प्रहार गरेका थिए भने रायाडुल आठ चौका र चार छक्का हाने । भारतले कुल ४० चौका र १० छक्का प्रहार गरेका थियो । बलिङ तर्फ केमर रोचले दुई विकेट लिए भने एस्ले नर्स र किमो पाउलले एक एक विकेट हात पारे ।

३७८ रनको विशाल लक्ष्य लिएर जवाफी पारी सुरु गरेको वेष्ट इण्डिज ३६.२ ओभरमा १५३ रनमा अलआउट भयो । भारतका कुलदिप यादव र खलिल अहमेदले तीन तीन विकेट लिँदा इण्डिजका खेलाडी दबाबमा परेका थिए । इण्डिजका लागि ज्यासन होल्डरले सर्वाधिक ५४ रन बनाउँदा अन्य खेलाडी सस्तैमा पवेलियन फर्किए ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया