घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

 कात्तिक १३, २०७५ मंगलबार ११:४३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – घाँस काट्ने क्रममा भीरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।

खप्तड छान्ना गाउँपालिका वडा नम्बर १ गोठखोलाकी २२ वर्षीया पार्वती जोशीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

घर नजिकै आफ्नै बारीमा घाँस काट्दा लडेर घाइते भएकी जोशीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया