शिखर धवन दिल्ली फर्कने

 कात्तिक १४, २०७५ बुधबार ९:१४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

एघार वर्ष अघि दिल्ली डेयरडेविल्सबाट आईपीएल डेब्यू गरेका शिखर धवन नयाँ सिजनका लागि आफ्नो घरेलु टिममा फर्किने भएका छन् । अहिले शिखर सनराइजर्स हैदराबादमा आवद्ध छन् । 

भारतीय संचारमाध्यमले जनाए अनुसार हैदराबादले दिल्लीसँग धवनलाई दिल्ली पठाउने र त्यसको बदलामा दिल्लीले तीन खेलाडी दिने समझदारी गरेको छ । दिल्लीले हैदराबादलाई विजय शंकर, अविषेक शर्मा र शहबाज नदिम दिनेछ ।

अघिल्लो सिजनको अक्सनअघि हैदराबादले धवनलाई नलिने निर्णय गरेपनि पछि पाँच करोड २० लाखमा रिटर्न गरेको थियो । त्यसपछि धवन हैदरावादमा खुसी छैनन् । 

हैदरावाद जाने खेलाडीमा शंकर र नदिमको मूल्य समान तीन करोड २० लाख छ भने युवा खेलाडी अविषेक शर्मालाई दिल्लीले ५५ लाखमा किनेको थियो । तीन खेलाडीको मूल्य ६ करोड ९५ लाख हुँदा हैदराबादले धवनलाई दिल्ली पठाउँदा एक करोड ७५ लाख नगद दिनेछ ।

 सन् २००८ को संस्करणमा दिल्लीमा खेलेका धवन त्यसपछिको दुई सिजन मुम्बईमा खेलेका थिए । त्यसपछि हैदराबाद पुग्नुअघि उनले डेक्कन चार्जर्समा पनि खेले ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया