चितवन राइनोजले दियो धनगढी ब्लुजलाई १९४ रनको लक्ष्य

 कात्तिक १४, २०७५ बुधबार १०:४७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

पोखरा प्रिमियर लिग क्रिकट (पीपीएल) मा चितवन राइनोजले धनगढी ब्लुजलाई १९४ रनको लक्ष्य दिएको छ । चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको चितवनले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि हरिशंकर साह र अनिल साहले १०१ रनको साझोदारी गरेका थिए । 

जुन साझेदारी पीपीएलकै सर्वाधिक ठूलो साझेदारी हो । पहिलो विकेटका रुपमा अनिल साह ३७ रन बनाएर आउट भए । अर्का ओपनर हरिशंकर साहले अर्धसतकीय पारी खेल्दै ५३ रन बनाए । लगातार दुई विकेट गुमाए पछि चितवनको रन बनाउने रफ्तारमा कमी आएको थियो । 

तर नट आउट रहेका सन्नी पटेल र करन केसीले २६ र ११ रन बनाएका थिए ।  स्मित पटेलले २४ रन बनाउँदा कप्तान पारस खड्का १९ रनमा पेभेलियन फर्किए । धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी,डन लरेन्स,योगेन्द्रसिंह कार्की र मन्जीत श्रेष्ठले एक एक विकेट लिएका थिए ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया