कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

 जेठ २६, २०७५ शनिबार १०:४२:१३ | उज्यालो सहकर्मी

सुर्खेत – कर्णाली प्रदेशको नीति तथा कार्यक्रम शनिबार प्रस्तुत हुँदैछ ।

कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०७५/७६ का लागि आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो ।
प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभाको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको प्रदेश सचिवालयका निमित्त सचिव लक्ष्मण शर्माले जानकारी दिनुभयो । 

गएको बिहीबार मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम शुक्रबार पेश गर्ने भनिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले गरेको कामप्रति असन्तुष्टि जनाउँदै संसद अवरुध गरेपछि नीति तथा कार्यक्रम शुक्रबारको बैठकमा पेश भएको थिएन् । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया