म्याच फिक्सिङको आरोपमा श्रीलंकाका बलिङ प्रशिक्षक निलम्बित

 कात्तिक १५, २०७५ बिहिबार ८:५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले म्याच फिक्सिङको आरोपमा श्रीलंकाका बलिङ प्रशिक्षक नुवान जोइसालाई कारवाही गरेको छ ।

श्रीलंकाका लागि ३० टेस्ट र ९५ एक दिवशीय खेल खेलेका जोइसालाई अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको भन्दै निलम्बन गरेको छ । निलम्बनको विरुद्ध अपिल गर्नका लागि उनलाई १४ दिनको समय दिइएको छ ।

म्याच फिक्सिङका लागि खेलाडीलाई प्रोत्साहन गरेको आरोप उनीमाथि लागेको छ । अघिल्लो महिनामात्र आईसीसी अन्तर्गत एन्टी करप्सन युनिटका महाप्रवन्धक एलेक्स मार्सलले श्रीलंकामा अनुशन्धान सुरु गरेका थिए । त्यसक्रममा श्रीलंकाका पूर्व कप्तान सनथ जयसुर्यालाई अनुसन्धानमा असहयोग गरेको भन्दै कारावाही गरेको थियो ।

आईसीसीको अनुशन्धान टोलीले उनको मुबाइल माग्दा जयसुर्याले ब्यक्तिगत कारण भन्दै दिन अस्विकार गरेका थिए ।

बायाँ हाते बलर जोइसाले सन् १९९७ देखि २००७ सम्मको अन्तर्राष्ट्रिय करियरमा सबै खेलमा गरी कुल १७२ विकेट लिएका थिए ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया