न्यूजिल्याण्डमाथि पाकिस्तानकाे २ रनको जित

 कात्तिक १५, २०७५ बिहिबार ८:१६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

न्यूजिल्याण्डविरुद्धको पहिलो टि–२० खेलमा पाकिस्तान विजयी भएको छ ।

न्यूजिल्याण्डमाथि २ रनको जित निकाल्दै पाकिस्तानले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता लिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद हफिजले सर्वाधिक ४५ रनको योगदान दिए । त्यस्तै सफ्र्राज अहमेदले ३४, आसिफ अलिले २४ रन बनाए । बलिङतर्फ एडम मिल्नेले २ विकेट लिँदा अजाज पटेल, कोलिन डि ग्राण्डहोम र इस सोधीले १–१ विकेट लिए ।

१४९ को लक्ष्य पछ्याएको न्यूजिल्याण्ड २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रनमा समेटियो । कोलिन मुनरोले ५८ रनको अर्धशतकीय योगदान दिएपनि टिमलाई जित दिलाउन सकेनन् । रोस टेलर ४२ रनको योगदान दिएपनि अन्य खेलाडीको प्रदर्शन राम्रो रहेन ।

न्यूजिल्याण्डलाई हराउनका लागि हसन अलिले ३ विकेट लिए भने इमाद वासिम र सकिब अल हसनले १–१ विकेट लिए ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया