शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
काठमाडाैं - मुलुकभर निर्मला हत्याका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन भईरहेका बेला राजधानी काठमाण्डौमा कविहरुले पनि सिर्जना मार्फत सरकारको कार्यशैलीमाथि तिखो व्यंग्य गरेका छन् ।
शुक्रबार लेखन कुञ्जमा आयोजित छन्द कविता वाचनमा कविहरुले निर्मला हत्याका दोषी पत्ता लगाउन नसक्ने सरकारको कार्य शैलीमाथि कलात्मक शैलीमा विरोध गरे ।
उनीहरुले मौलाउदै गएको भ्रष्टाचार, निष्कर्षमा पुग्न नसकेको सुन काण्ड तथा असान्त र असुरक्षित मुलुकको अवस्थाको मात्रै चर्चा गरेनन् दशैमा शितल निवासमा घुँडा टेकेर टीका लगाउनुपरेको दृष्टान्त माथि पनि प्रहार गरे ।
राजनीतिक दलका नेताले बाड्ने गरेको सपना, संघीयता र खस्कदै गएको भाषा साहित्यप्रति पनि उनीहरुले व्यग्य गरे ।
सिमा सुरक्षा, राष्ट्रियता र राष्ट्रिय स्वभिमानलाई मुल मुद्धा बनाउन नसकेका दलका नेताहरुबीच चलेको स्वार्थको राजनीतिमाथिको प्रस्तुती पनि निकै मार्मिक थियो ।
खलबलियो शान्ति सुरक्षा र नेतृत्वको आश्वासन एवं खस्कदो अर्थतन्त्रका विषय पनि कवितामा समावेश थिए ।
बैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गईरहेका बेला कविहरुले स्वदेश सुख र प्रदेशको यथार्थतालाई पनि छन्द कवितामा व्यक्त गरे ।
हत्या, हिंसा र अन्यायविरुद्धको लडाईमा ढिला भईसकेको भन्दै समाजमा व्याप्त विभेद हटाउन सबै किसिमका बाधा हटाएर एक जुट हुने महिला शसक्तिकरणको सन्देश कवितामा दिईयो ।
नेपाली साहित्य र मौलिकताको संरक्षणका लागि लेखन कुञ्जले गरेको छन्द कविताको तेश्रो श्रृंखलालाई आमा विशेष मा केन्द्रीत गरिएको थियो । कविहरुले आमा र बुबाको स्नेहका बारेमा पनि मन छुने श्रृजना पस्किएका थिए ।
लेखन कुञ्जको छन्द कविता श्रृंखलाले हराउदै गएको छन्द कविता श्रृजना र श्रव्य शैलीलाई पुर्नजिवन दिएको छ ।