म्युजिक भिडियोका चर्चित मोडल यशराज अब नयाँ चलचित्रमा

 कात्तिक १८, २०७५ आइतबार ११:४२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

म्युजिक भिडियोमा एक समय राज गरेका मोडल हुन् यशराज गराच । उनले म्युजिक भिडियोसँगै झण्डै आधा दर्जन चलचित्रमासमेत काम गरिसकेका छन् । उनै यसराज लामो समय पछि चलचित्र नगरीमा फर्किएका छन् । 

उनी नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । दार्जलिङ बासोवास गर्दै आएका भास्कर प्रधानको निर्देशनमा बन्न लागेको चलचित्र ‘लभ यू हमेशा’मा अनुबन्ध भएका हुन् । म्युजिक भिडियोमा राम्रै सफलता हात पारे पनि यस अघि उनले अभिनय गरेका चलचित्रहरुले सामान्य व्यापार गरेका छन् ।

निर्देशक भास्कर प्रधानले दार्जलिङमा चलचित्र निर्माण गर्दे आएका छन् । प्रधानको पनि नेपाली चलचित्रमा भने डेब्यू नै हो । चलचित्रको छायांकन दार्जलिङका साथै नेपालका विभिन्न स्थानमा गरिने बताइएको छ ।

चलचित्र ‘लभ यू हमेशा’को छयांकन शिव ढकालले गर्ने बताइएको छ । चलचित्रका निम्ति अन्यकलाकारहरुको खोजि भइरहेको बुझिएको छ । केही नेपाली र केहि दार्जलिङकै कलाकारहरुलाई अनुबन्ध गर्ने तयारी भइरहेको छ ।  यस अघि यशराजले ‘उफ यो मन’ नामक चलचित्रमा काम गरेका थिए । चलचित्र ‘मायाको बारीमा’ काम गरे पछि  यशराज दर्शकमाझ परिचित भएका थिए । 

 – उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया