राजबहादुर सानेले मंसिरमा ल्याउने भए ‘डोली’

 कात्तिक १८, २०७५ आइतबार १५:०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाली चलचित्र ‘डोली’को फर्स्ट लुक पोष्टर सार्वजनिक भएको छ । 

चलचित्र सामाजिक प्रेमकथामा आधरित रहेर निर्माण भएको बताइएको छ । यस अघि नेपाली चलचित्र बृन्दावन निर्देशन गरेका निर्देशक राजबहादुर सानेले चलचित्रको निर्देशन गरेका छन् ।

चलचित्रको पोस्टरसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यो चलचित्र मंसिर २८ गते देखि नेपालभर प्रदर्शनमा आउने पक्का भएको छ ।

किरण नेपालीले निर्माण गर्न लागेको यो चलचित्र रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । चलचित्रको स्क्रिप्ट चलचित्रका निर्देशक राजबहादुर स्वयमले लेखेका हुन् ।

चलचित्र‘डोली’मा बाबुल गिरी, सिडी अधिकारी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । त्यस्र्त शंकर महर्जनको द्वन्द्व निर्देशन छ भने चलचित्रको गीतको कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका छन् । 

चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसार्इं, प्रिया रिजाल, सानिया खान, संगिता नापित, अर्जुन गुरुङ, नविन रेग्मी, हिमवाला गौतम, दामोदर खतिवडा, प्रशान्त भण्डारी तथा सतिश खत्रीलगायतको अभिनय रहेको छ ।

 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया