वेस्टइन्डिजविरुद्ध भारत ५ विकेटले विजयी

 कात्तिक १९, २०७५ सोमबार ७:३९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

वेस्टइन्डिजविरुद्ध घरेलु टोली भारत पहिलो टी–ट्वान्टीमा ५ विकेटले विजयी भएको छ । २ टेस्ट तथा एक दिवसीय क्रिकट सिरिज जिति सकेको भारतले तीन टी ट्वान्टी मध्ये पहिलो खेल आफ्नो पक्षमा पारेको हो । 

कोलकत्तामा आइतबार राति भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओरभमा ९ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । पाहुना टोलीलाई सस्तैमा समेट्न चाइनाम्यान कुलदीप यादबले ३ विकेट लिएका थिए । वेस्टइन्डिजका लागि फेबियन एलेनले सर्वाधिक २७ रन बनाए । 

दोस्रो सर्वाधिक रन बनाएका किमो पल १५ रनमा नट आउट रहे । साही होप र किरन पोलार्डले १४–१४ रन बनाएका थिए । सिमरोन हटमायरले १० रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

११० रनको लक्ष्य भारतले १७.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । ४५ रनमा ४ विकेट गुमाएको भारतलाई जित दिलाउन दिनेश कार्तिक र कुनाल पाण्डे क्रमश ३१ र २१ रनमा नट आउट रहे । यसैगरी मनिस पाण्डेले १९ रन बनाउँदा केएल राहुलले १६रन बनाएका थिए । 

वेस्टइन्डिजका ओस्ने थोमस र कार्लोस ब्रेथवाइटले दुई–दुई विकेट लिएका थिए । अब दोस्रो टी ट्वान्टी मंगलबार लखनउमा हुने छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया