रोकिराखेको ट्रकमा बस ठोक्कियो, ११ जना घाइते

 कात्तिक १९, २०७५ सोमबार ८:३४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका ९ थुम्सीमा सोमबार बिहान रोकिराखेको ट्रकमा बस ठोक्किँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । 

नारायणगढबाट भैरहवा जान लागेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्किँदा बसमा रहेका ११ जना घाइते भएका हुन् ।

घाइते मध्ये नवलपरासी सुस्ता गाउँपालिका बस्ने ४० वर्षीय रामकिसन चमार र बर्दघाट नगरपालिका तीन बस्ने ३२ वर्षीय दीलिप चौधरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

घाइतेहरु तीन जनाको नया“ मेडिकल कलेज, सात जनाको पुरानो मेडिकल कलेज र एक जनाको एलाइभ अस्पताल भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया