प्लाष्टिक र कागजका फूल बिकेनन्

 कात्तिक २०, २०७५ मंगलबार १८:०:२१ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा आयात गरिएका कागज र प्लाष्टिकका फूलहरुको बिक्री ठप्प भएको छ ।

तिहारको बेला लाखौंको फूलको व्यापार हुने गरे पनि यसवर्ष भने कागज तथा प्लाष्टिकका फूल बिक्री नभएको व्यापारीहरु बताउँछन् ।

ताप्लेजुङमा व्यावसायीक रुपमा कृषकहरुले नै फूल उत्पादन गरेपछि आयत गरेको फूल बिक्री नभएको हो । गएको वर्षहरुमा लाखौं मूल्य बराबरको कागजका फूलहरुको बिक्री हुने गरे पनि यस वर्ष भने बिक्री न्यून भएको व्यापारीहरु बताउँछन् ।

व्यापारी सन्दीप मेहत्ताले यस वर्ष कागजको फूल कम ल्याएको भए पनि थोरै फूल पनि बिक्री नभएको बताउनुभयो । उहाँले गएको वर्षहरुमा एक लाख मूल्यभन्दा बढीको कागजका फूल बिक्री गर्ने गरेको भए पनि यसवर्ष भने बिक्री नभएको बताउनुभयो ।

आफूले पचास हजारको फूल ल्याएकोमा ४ सय रुपैयाँको मात्र बिक्री भएको व्यापारी रमेश घिमिरेले बताउनुभयो । उहाँले गएको वर्षहरु जस्तो सम्झेर फूल ल्याए यस वर्ष बिक्री नै नभएको उहाँले बताउनुभयो ।

यसरी आयात गरेको फूलको बिक्रीलाई स्थानीय यसपत्री फूलले यस वर्षको तिहारमा बन्द गरिदिएको छ । व्यावसायीक रुपमा स्थानीय वासीहरु सचेत भई फूलको व्यवसायीक खेतीसँगै किसानको आम्दानी समेत बढेको बताइन्छ ।

यस वर्षको तिहारमा झण्डै ५ लाख बराबरको सयपत्री फूल बिक्री भएको अनुमान गरिएको छ । यस तिहारमा मखमली, सयपत्री तथा अन्य जातका फूलहरु झण्डै १० लाख मूल्य बराबरको फूल बिक्री भएको हो ।

गएको वर्षहरुमा आयात गरिएको फूल तिहारमा १० लाख बराबरको मूल्यमा बिक्री हुने गरे पनि यस वर्ष व्यावसायीक फूल उत्पानदन तथा काल्लाबारीमा रोपिएका फूलहरु पनि फूलेका कारण आयात गरिएका फूलहरु बिक्री नभएको हो । 

अन्तिम अपडेट: चैत १५, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया