काठमाण्डौको बालाजु बाइसधारामा आजदेखि पाँच दिने मेला
बैशाख ११, २०८१ मंगलबार
न्यूजिल्याण्डको घरेलु क्रिकेटमा एउटा रेकर्ड बनेको छ । हेमिल्टनको सेडोन पार्कमा भएको एकदिवसीय खेलमा एकै ओभरमा ४३ रन बनेको छ । यो रेकर्ड जो कार्टर र ब्रेट ह्याम्पटनको जोडीले बनाएको हो ।
नर्दन डिस्ट्रिक्ट्सको तर्फबाट खेल्दै जो कार्टरले नटआउट १०२ रन) र ब्रेट ह्याम्प्टनले ९५ रन बनाएका हुन् । सेन्ट्रल डिस्ट्रिक्ट्सका तीव्र गतिका बलरर विलेम लुडिकले एकै ओभरमा ४३ रन खर्चेका हुन् ।
लुडिकको त्यो ओभरमा पहिलो बलमा चौका, दोस्रो र तेस्रो बलमा नोबलसहित छक्का, त्यसपछि एक रन र लगातार तीन वटा छक्का भएको थियो । एकै ओभरमा ४३ रन बनेको यो लिस्ट ए क्रिकेट प्रतियोगितामा वर्ल्ड रेकर्ड पनि हो ।
लिस्ट ए क्रिकेटमा एक ओभरमा सर्वाधिक रन
जो कार्टर/ब्रेट ह्याम्प्टन(बलर –विलेम लुडिक) ४३ रन, २०१८/१९
एल्टन चिंगुबुरा(बलर – अलाउद्धीन बाबू) ३९ रन, २०१३/१४
जेपी डुमिनी(बलर –एडी ली) ३७ रन, २०१७/१८
4, 6+nb, 6+nb, 6, 1, 6, 6, 6
— Northern Districts (@ndcricket) November 7, 2018
43-run over ✔️
List A world record ✔️
Congratulations Joe Carter and Brett Hampton!#ndtogether #cricketnation pic.twitter.com/Kw1xgdP2Lg