वाह पोखरा, आहा पोखरा !

 कात्तिक २२, २०७५ बिहिबार १४:२७:१२ | अर्जुन पोख्रेल

हिउँद लाग्न सुरु भएसँगै यतिबेला नेपालका हिमाल खुल्न थालेका छन् । डाँडाकाँडा जताजतै फूल फुलेका छन् । बर्खा सकिएसँगै नदी र तालहरु निलो हुँदैछन् ।

बाह्रैमास पर्यटक पुग्ने पोखरा पनि यतिबेला निक्कै सुन्दर देखिएको छ । फेवाताल, बेगनासताल, रुपाताल, शान्त स्तुपा, सराङकोटलगायतका ठाउँमा पर्यटकको भिड लागेको छ ।

पोखराको बीचबजारबाट पनि हिमालहरु देखिन्छन् । तर अलिकति अग्लो ठाउँमा पुग्यो भने आँखै अघि देखिने माछापुच्छ्रे र अन्नपूर्णलगायतका हिमालले मनै फुरुङ्ग बनाइदिन्छन् ।  त्यसैले पोखरा पुग्नेहरु धेरैले भन्छन्, वाह पोखरा, आहा पोखरा ।

अन्तिम अपडेट: बैशाख २, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया