जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
कैलाली – कैलालीको घोडाघोडीकी राधा चौधरी बोक्सीको आरोपमा फेरि पनि कुटिएकी छिन् ।
घोडाघोडी नगरपालिका –५, देउकलियाकी राधालाई स्थानीयबासी २८ वर्षीय कालीचरण चौधरीले हिजा बेलुकी बेलुका कुटपिट गरेका हुन् ।
रक्सीले मात्तिएका कालीचरणले पहिले राधालाई गाली गरेको र त्यसपछि कुटेको पीडित राधाले बताउनुभएको छ । पीडित राधाले हिजो नै प्रहरीमा जाहेरी दिएपछि प्रहरीले कालीचरणलाई पक्राउ गरेको छ । उनलाई हिरासतमा राखिएको र अदालत खुल्नेबित्तिकै म्याद थप गरेर कारबाही अघि बढाउने कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिनुभयो ।
गएको वर्षको फागुनमा पनि भोले बाबा भनेर चिनिएका रामबहादुर चौधरीले सार्वजनिक स्थानमा नै राधामाथि कुटपिट गरेका थिए । त्यो बेला प्रहरीले जाहेरी लिन नमानेको र मेयर पनि रमिते बनेको भन्दै चौतर्फी आलोचना भएको थियो । रामबहादुर चौधरीसहित २ जनाले अहिले सजाय भोगिरहेका छन् ।