धादिङमा भएको छुट्टाछुट्टै दुर्घटनामा २० जना घाइते

 कात्तिक २२, २०७५ बिहिबार २०:१३:२४ | सिताराम अधिकारी

धादिङ – धादिङको चरौँदी र ससाहमा बिहीबार भएको छुट्टाछुट्टै दुर्घटनामा २० जना घाइते भएका छन् । 

काठमाडाैंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख ४२४७  नं. को माइक्रो र विपरीत दिशा बाट आउँदै गरेको बा ५ ख ७५० नम्बरको माइक्रोबस धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर –७, चरौँदीमा एकआपसमा ठोक्किँदा सवारी साधनमा सवार  १८ जना घाइते भएका छन् । 

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र १२ जनाको अवस्था सामान्य रहेकोले राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । 

यसैगरी नीलकण्ठ नगरपालिका वडा नम्बर –८, कालु पाण्डे मार्गको ससाहमा धादिङबाट मलेखुतर्फ कार र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्तालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।     
    
 

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया