वेस्ट इन्डिजविरुद्धको अन्तिम टी–२० मा खेल्ने छैनन् भारतका यी ३ बलर

 कात्तिक २३, २०७५ शुक्रबार १६:२१:५९ | एजेन्सी
unn.prixa.net

वेस्ट इन्डिजविरुद्धको अन्तिम टी–२० क्रिकेटका लागि भारतले १४ सदस्यीय खेलाडीको सूची सार्वजनिक गरेको छ । 

लगातार जित हात पार्दै २–०ले सिरिज आफ्नो पक्षमा पारिसकेको भारतले केही खेलाडीलाई विश्राम दिने भएको छ । आइतबार हुने खेलका लागि आज सार्वजनिक गरिएको १४ सदस्यीय टोलीमा तीव्र गतिका बलर जसप्रीत बुमराह, उमेश यादव र स्पिनर कुलदीप यादवलाई विश्राम दिइएको छ । यस लगत्तै २१ तारिखदेखि अष्ट्रेलियामा सिरिज खेल्न जाने भएकाले  तीन जना बलरलाई नै विश्राम दिएको बीसीसीआईले जनाएको छ । 

आइतबार हुने खेलका लागि टिममा रोहित शार्माले कप्तानको भूमिका निर्वाह गर्दा, शिखर धवन, केएल राहुल, दिनेश कार्तिक, मनीष पाण्डे, श्रेयस अय्यर, ऋषभ पंत, क्रुणाल पांड्या, वाशिंगटन सुन्दर, युजबेन्द्र चहल, भुवनेश्वर कुमार, खलील अहमद, शाहबाज नदीम र सिद्धार्थ कौल रहेका छन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया