कांग्रेस नेता गगन थापाले गरे सभापति देउवाको चर्को आलोचना

 कात्तिक २४, २०७५ शनिबार १६:५०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गर्नु भएको छ । 

नेता थापाले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने सभापति देउवाको शैलीलाई अराजकताको संज्ञा दिँदै चर्को आलोचना गर्नु भएको हो । शनिबार काठमाडौंमा गणेशमान सिंह स्मृति भवनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सभापति देउवाको कार्यशैली पार्टीका लागि खतरनाक हुने चेतावनी पनि दिनुभयो । 

नेता थापाले विधानविपरीत जथाभावी नचल्न पनि पार्टी सभापति देउवालाई सचेत गराउनुभयो । उहाँले आउँदो चुनावमा पार्टीलाई विजयी गराउन युवा पुस्तालाई पार्टीमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले विधान विपरीतका गतिविधि गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध हुन आह्वान गर्नु भएको थियो । 

सर्वोच्च नेता गणेशमान सिंहको जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाडौंले रातोपुलमा स्मृति भवन बनाएको हो । 
    

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया