महिला टी–२० विश्वकप : इंग्ल्याण्ड र श्रीलंकाबीचको खेल रद्द

 कात्तिक २५, २०७५ आइतबार ९:४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी महिला टि–२० विश्वकप अन्तर्गत इंग्ल्याण्ड र श्रीलंकाबीचको खेल रद्द भएको छ ।

वेष्ट इण्डिजमा जारी विश्वकप अन्तगर्त दोस्रा दिन आज इंग्ल्याण्ड र श्रीलंकाबीचको खेलअघि वर्षा भएपछि टस समेत हुन सकेन । 

खेल रद्द भएपछि दुबै टिमले १–१ अंक बाँढेका छन् । यो बराबरीपछि समूह एमा वेष्ट इण्डिज दुई अंकसहित शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड र श्रीलंका १–१ अंक सहित दोस्रो र तेस्रो स्थानमा छन् । वेष्ट इण्डिजसँग पराजित बंगलादेश भने समूहको पुछारमा छ । 

समूह बीमा भने अष्ट्रेलिया र भारतको २–२ अंक छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया