उत्तर र दक्षिण कोरियाले सम्बन्ध सुधारको प्रयास थाले

 कात्तिक २५, २०७५ आइतबार ९:३०:५० | एजेन्सी
unn.prixa.net

उत्तर र दक्षिण कोरियाले सम्बन्ध सुधारको लागि प्रयास थालेका छन् । यस क्रममा दुवै कोरीयाको सिमा क्षेत्रमा रहेका २२ वटा सुरक्षा चौकीमा तैनाथ सुरक्षाकर्मी र हतियार हटाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

गएको सेप्टेम्बर महिनामा दुई देशबीचको सम्बन्ध सुधारका लागि भएको सम्झौता अनुसार काम थालिएको दक्षिण कोरियाले जनाएको छ । सिमा क्षेत्रमा दक्षिण कोरियाका ६० ओटा र उत्तर कोरियाका १ सय ६० ओटा चौकी छन् । 

यी सबैलाई बिस्तारै हटाइने खबरमा उल्लेख छ । सम्बन्ध सुधारका लागि थालिएको यो प्रयासको आउँदो महिना दुवै देशले समीक्षा गर्ने खबरमा उल्लेख छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया