सुन चाँदीको भाउ घट्यो

 कात्तिक २५, २०७५ आइतबार ११:३५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गएको मंगलबार सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि तिहारको लागि बन्द भएको कारोबार आइतबार खुलेको हो । 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेको तथा डलरभन्दा भारतीय रुपैयाँ मजबुत भएकाले नेपाली बजारमा सुनको भाउ केही सस्तो भएको महासंघले जनाएको छ ।

यस्तै, चाँदी आइतबार तोलामा १५ रुपैयाँ घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया