तनहुँमा यात्रुबाहक बस दुर्घटना, १९ जना घाइते

 कात्तिक २५, २०७५ आइतबार १५:१:२ | समुद्र पौडेल
unn.prixa.net

तनहुँ – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली डुम्रेसडक खण्डमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

तनहुँको भिमादबाट नारायणघाटतर्गफ जाँदै गरेको ग १ ख ५८४७ नम्बरको बस घाँसिकुवा नजिकै सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

दुर्घटनाका अधिकांश घाइते गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनीहरूको दमौलीमा रहेको रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा केही यात्रु बसले च्यापिएका कारण क्रेनको माध्यमबाट घाइतेको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

 


 

अन्तिम अपडेट: चैत १६, २०८०

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया