भारतीय अभिनेता डेनीका छाेरा रिन्जिंग बलिउडमा डेब्यु गर्दै

 कात्तिक २५, २०७५ आइतबार १५:२१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय फिल्म उद्योगमा डेनी डेन्जोंगपालाई भयानक खलपात्रका रुपमा लिइन्छ । उनले अभिनय गरेका अधिकांश चलचित्रहरुमा नकारात्मक भूमिका नै निर्वाह गरेका छन् । 

चलचित्र घातकमा उनको खल चरित्र देखेर मानिसहरु साँच्चिकै भयभीत हुने गर्दथे । उनी उमेरमा सेनामा भर्ती हुन चाहन्थे तर उनकी अामालार्इ याे कुरा ठिक नलागेका कारण उनले चलचित्र उद्याेगमा हात हालेका कदम राखेका थिए ।

चलचित्र वृत्तका कलाकारका छोराछोरीहरुले एकपछि अर्को गर्दै बलिउडमा डेब्यृु गरिरहेका बेला अब यिनै खतरनाक खलनायकका छोरा रिन्जिंग पनि चलचित्रमा डेब्यृु गर्ने तयारीमा जुटिरहेका छन् ।

रिन्जिंग बलिउडमा डेब्यु गर्न बिल्कुल तयारी हालतमा रहेको बताइएको छ । उनी एउटा स्क्वाड नाम गरेको एक्शन–थ्रिलर फिल्मबाट डेब्यु गर्दैछन् ।

यो फिल्मको शुटिङ आउँदो अप्रिल महिनाबाट सुरु हुने बताइएको छ । यो समाचारको पुष्टि डेनी डेन्जोंगपा आफैंले गरेका हुन् ।

 डेनी डेन्जोंगपाले भनेका छन् , ‘रिन्जिङले डेब्यु गर्न लागेको कुराले म ज्यादै हर्षित छु । यो म र मेरो परिवारको लागि गर्वको क्षण हो । तैपनि रिन्जिङले अहिले धेरै मेहनत गर्नुपर्ने हुन्छ ।’

रिन्जिङको आउने फिल्मको बारेमा बोल्दै डेनीले यो एउटा राम्रो एक्शन–थ्रिलर भएको बताएका छन् ।

फिल्मको बारेमा रिन्जिङले भने,‘मैलै यो फिल्मको स्क्रिप्ट पढेपछि मलाइ लाग्यो कि मेरो लञ्चिङको लागि यो उत्कृष्ट फिल्म हो । अहिले नै म यस फिल्मको लागि दैनिक ४ घण्टा ट्रेनिङ गर्दैछु ।’ 

रिन्जिङले यसो भनिरहँदा उनको फिल्मको नाम मात्र सार्वजनिक भएको छ । फिल्ममा नायिकाको भूमिकामा को हुनेछ भन्ने कुरा पनि निर्क्याेल भइसकेको छैन । बलिउडमा डेब्यु गर्दै गरेका यी ‘स्टार किड’ लाई दर्शकले कत्तिका रुचाउनेछन भन्ने कुरा उनको फिल्म रिलिज भएपछि नै थाहा हुनेछ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया