क्यालिफोर्नियाकाे अागलागीका कारण लेडी गागा र किम कार्दाशियन पनि घर छोड्न बाध्य

 कात्तिक २५, २०७५ आइतबार १७:१५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकाको क्यालिफोर्निया प्रान्तमा इतिहासकै सबैभन्दा डरलाग्दो आगो लागेको छ ।

आगलागीमा परेर मर्नेहरुको संख्या २५ पुगेको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मीहरुले शनिबार १४ ओटा शव फेला पारेका थिए ।  

क्यालिफोर्नियाको मालिबु, प्याराडाइज, क्लालाबासस र थाउजेण्ड ओक्स नामक जंगलमा फैलिएको विशाल आगोका कारण लेडी गागा, किम कार्दाशियन तथा रेन विल्सनजस्ता हलिउडका नाम चलेका कलाकारहरु घर छोड्न बाध्य भएका छन् ।

हलिउडका यी नामूद कलाकारहरुबाहेका मालिबुमा बस्ने अन्य सर्वसाधारणहरुलाई त्यहाँबाट हटाएर सुरक्षित स्थानतिर पठाइएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार यो भयानक आगलागीले सम्पूर्ण प्याराडाइज सहरलाई नै घेरिसकेको छ । क्यालिफोर्नियाका दमकल अधिकारीहरुले बताएअनुसार आगलागीले त्यहाँको ६ हजार ५ सय घर नष्ट गरिसकेको छ ।

यहाँ फैलिएको भयानक आगलागीले सहरमा ८० देखि ९० प्रतिशत नोक्सान पुर्‍याएको छ । सहरभरीमा अब १० देखि २० प्रतिशत घरहरुमात्र सही हालतमा रहेका छन् । वूलसी फायर नाम दिइएको दक्षिणी क्यालिफोर्नियाको आगलागीले करिब २२ वर्गमीलको क्षेत्रलाई अाेगटेकाे जनाइएको छ । 

 

 


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया