शान्ति खोज्दै सिन्धुपाल्चोक अाइपुगे साइकल यात्री तेजप्रसाद

 कात्तिक २५, २०७५ आइतबार १८:०:४९ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – शान्तिका लागि साइकलबाट नेपाल भ्रमण गर्ने सिलसिलामा भोजपुर जिल्लाको भोजपुर नगरपालिका ११ निवासी तेजप्रसाद पराजुली सिन्धुपाल्चोकको चौतारा आइपुग्नु भएको छ ।

वैशाख ९, २०७५ मा झापा भद्रपुर मेची पुलबाट साइकल यात्रा सुरु गरेका पराजुली मेची महाकाली हुँदै वैशाख १७ मा महेन्द्र नगर पुगेर झापा फर्किनुभएको थियो ।
वैैशाख ९ मा साइकल यात्रामा निस्किएका पराजुलीले अहिलेसम्म ३६ जिल्लाको गरिसक्नुभएको छ ।

स्थानीय तहले साइकल यात्री पराजुलीलाई सम्बधित ठाउँमा पुगेपछि प्रमाणपत्र दिने गरेका छन् । साइकलबाट नेपाल भ्रमणमा निस्किएका पराजुलीलाई चौतारा सांगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले आइतबार प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

मेची–महाकालीबाट भ्रमण यात्रा सुरु गरेका पराजुलीलाई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले गाँस बास र औषधि उपचार समेत गर्ने गरेका छन् । उहाँ झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्रखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुङ्रगा, शोलुखुम्बु, रामेछाप हुँदै दोलखाबाट सिन्धुपाल्चोक आइपुग्नुभएको हो ।

यसअगि दोलखाका पुष्कर शाहले  ११ वर्ष लगाएर २ लाख २१ हजार किलोमिटरको १ सय ५० राष्ट्र साइकलबाट भ्रमण गर्नुभएको थियो । भोजपुरको खुकुरी, पर्यटकीय स्थलको प्रचारप्रसार तथा शान्तिका लागि आफूले साइकल यात्रा सुरु गरेको पराजुलीको भनाई छ । यही वर्षभित्र  ७७ ओटै जिल्लामा पुगि सक्ने उहाँकोे योजना रहेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया